गण्डकीसमाचार

नेकपा एमालेकाे विराेधका वीच गण्डकी प्रदेशको बजेट पारित

गण्डकी खबर । गण्डकी प्रदेशकाे आगामी वर्षकाे बजेट प्रमूख प्रतिपक्षी दल नेकपा एमालेकाे विराेधका वीच पारित गरिएकाे छ ।

आज गण्डकी प्रदेश सभा बैठकमा बजेटकाे छलफलकाे शुरुमा प्रतिपक्षी दलका सांसदहरुले बेल घेराउ

गर्न पुगेपछि सभामुखले मार्सल लगाएर सदनकाे बैठक जारी गर्नु भएकाे थियाे ।

एमाले सांसदहरुले सदन बहिस्कार गरेर निस्किए पछि बजेटमाथि सत्तापक्षका सांसदले बाेलेका थिए ।

मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपालीले राखेकाे प्रस्ताव बहुमतले पारित गरिएकाे हाे ।

गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएकाे बजेटमाथि छलफल गर्न भनेर शनिबार बाेलाइएकाे प्रदेश

सभाकाे बैठक प्रतिपक्षी एमालेले अवरोध गरेको पछि स्थगित हुँदै आएकाे थियाे ।

गण्डकी प्रदेश सभाको २०७८ / २०७९ आर्थिक बर्षको चालु बर्षे अधिवेशनमा प्रस्तुत भएको आगामी

आर्थिक बर्षको बार्षिक बिकास कार्यक्रमका सम्बन्धमा एमालेकाे गण्डकी प्रदेश संसदीय दलले

मुख्यमन्त्री पाेखरेललाई ध्यानाकर्षण पनि बुझाएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button