गण्डकीसमाचार

घाँस काट्न जाने क्रममा लडेर युवककाे मुत्यु

गण्डकी खबर । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना

अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस

काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उहाँको शव फेला परेको छ ।

कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर जानुभएको र बेलुकासम्म

नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उहाँ मृतावस्थामा फेला

परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button