गण्डकी खबर । मनसुनी वायुको प्रभावले आज देशकाे धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
उक्त वायुको प्रभावले शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा तथा
अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
आजदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा
मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।