गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३८१ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ७८ जना पुरुष तथा ६८ जना महिला गरी १४६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

३८१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४६ सहित मुस्ताङका ११ जना, मनाङका २ जना, म्याग्दीका ५ जना, पर्वतका ७३ जना,

गाेरखाका १ जना, लमजुङका ८ जना, तनहुँका २० जना, बाग्लुङका ३९ जना, स्याङ्जाका ३५ जना र

नवलपुरका ४१ जना गरी प्रदेशका ११ जिल्लामा १९३ पुरुष तथा १८८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६० हजार ९०० पुगेको छ। पछिल्लो २४ घण्टामा ३६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button