गण्डकी खबर । तनहुँको व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएपछि डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै ।
शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो ।
तस्वीर : सानेबहादुर नेपाली, रासस