नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सरकारले दिने आकस्मिक बिदामा पनि अब बैंक तथा वित्तीय संस्थाहरु खोल्नु पर्ने निर्देशन दिएको छ ।
अब राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ्ग सेवाहरु सुचारु गर्नुपर्नेछ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन अनुसार बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी ती सेवा उपलब्ध गराउनु पर्नेछ ।
साथै अब रेमिट्यान्स खातामा आएको पैसाका साथसाथै विदेशबाट आएको पैसा रकमान्तर हुने बचत तथा मुद्दती खातामा पनि १ प्रतिशत ब्याजदर थप गरि बैंक तथा बित्तीय संस्थाले प्रदान गर्नुपर्नेछ ।