गण्डकीसमाचार

७ करोड ४२ लाख नोक्सानी पुर्‍याएको कसुरमा ५ पक्राउ

गण्डकी खबर । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।

उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे,  काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ ।

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र हालसम्म सावाँब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पुर्‍याएको जनाइएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा ऋणीलाई गत मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button