गण्डकी खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा आमनिर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ । संसद विघटनको सिफारिस लिएर शनिबार राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीले बैशाख २३ मा चुनाव गर्ने प्रस्ताव राख्नु भएको स्रोतको भनाइ छ ।
उहाँले त्यसका विकल्पका रुपमा वैशाख २७ गतेलाई पनि प्रस्ताव गर्नु भएको बताइन्छ । त्यसो त प्रधानमन्त्रीले बैशाखमा दुई चरणमा निर्वाचन गर्नका लागि समेत छलफल गर्नु भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुग्नुभएको हो ।
सरकारले सिफारिस गरेअनुसार नै राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । राष्ट्रपति भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।