leading news portal from gandaki

स्कूलको झोला कोदोबारीमा लुकाएर फिल्म हेरिन्थ्यो : गिरी

गण्डकी खबर ।    रंगमञ्चबाट उदाएका कलाकार नवराज गिरी । गिरीले २०६१ सालमा ‘थाङ्ला’ नाटकमा अभिनय गर्नुभयो ।

सोही नाटक पश्चात उहाँलाई धेरैले चिने । उहाँले ‘थाङ्ला’ मा अभिनय गर्नुभन्दा पहिला नै ५, ६ वटा सडक नाटकमा अभिनय गरिसक्नुभएको थियो । हुनत उहाँको अभिनयको ‘टर्निङ पोइन्ट’ टेलिचलचित्र ‘दलन’मा अभिनय गरेपछि भएको हो । दलनमा बाबुसाहेबको भूमिकामा अभिनय गरेपछि उहाँ धेरै माझ चिनिनु भएको थियो ।

सोही समयमा जापान हानीने निर्णयमा पुगेपछि अफर आउँदा आउँदै अन्य चलचित्र र टेलिचलचित्रमा काम गर्न उहाँले सक्नुभएन । ११ वर्ष जापान बसेर नेपाल फर्कनुभएको गिरी अहिले कलाकारिता क्षेत्रमा पुनः सक्रिय हुनुभएको छ । जन्मठाउँ पोखरामा नै बसेर रंगमञ्च, नेपाली फिल्म, टेलिफिल्म, छोटा फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै उहाँ सक्रिय बन्नुभएको छ । उहाँसँग यसपाली नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित केही प्रश्न गरेका छौँ ।

कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?

किन नहेर्नु हेरे । युट्युबमा रिलिज भएका फिल्म सबै हेरेको छुँ । किनकी म फिल्म प्रेमी हुँ । हुनत यो समयमा केही छोटा फिल्म, केही भिडियो र केही सिरियलमा काम गरे । ‘सेडुयल विजी’ नै थियो । यती हुँदाहुँदै पनि फिल्म भने हेरे ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?

हलमानै रमाइलो हुन्छ । मैले कक्षा ४ पढ्दाबाट फिल्म हेर्न थालेको हुँ । पोखराको दीपज्योति हल र पूर्णिमा हल मलाई मनपर्ने हल थिए । घर नजिक भएर समेत होला । त्यतिबेला प्रर्दशन हुने कुनै फिल्म छुटेन होला जस्तो लाग्छ । नेपाली र हिन्दी दुबै फिल्म हेर्थे ।

त्यसरी फिल्म हेर्दाका केही रमाइला अनुभव ?

स्कूलको झोला कोदाबारीमा लुकाएर फिल्म हेरिन्थ्यो । स्कूल छुट्ने बेलामा त्यहीँ झोला बोकेर घर आएको छु । धेरै पटक यस्तो भयो । फिल्म हेर्न ममीको पैसा पनि चोरेको छु। फिल्म रिलिज हुने दिन कहिले आउँला भनेर कुरेर बसिन्थ्यो ।

हलमा हेरेको पहिलो अनि अन्तिम नेपाली फिल्म कुन हो ?

मैले हलमा हेरेको पहिलो नेपाली फिल्म ‘बाँसुरी’ हो दीपज्योति हलमा हेरेको । फुपुसँग नेपाली फिल्म ‘सन्तान’ हेरको याद अझै ताजै छ । हिन्दी फिल्म ‘कयामत से कयामत तक’ ७ पटकसम्म दीपज्योति हलमा हेरेको थिए । हलमा हेरको अन्तिम नेपाली फिल्म ‘आमा’ हो । जुन लकडाउन हुनुभन्दा अगाडि हेरेको थिए ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस