गण्डकीसमाचार

२४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ४ प्रतिशत रहेको छ ।अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ । उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन् ।

अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ को पिसीआर परीक्षण भएको छ ।

त्यस्तै तीन हजार २७ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button