गण्डकीसमाचार

घाँस काट्न गएका ६ जना बालिका र एक किशोरी बेपत्ता

१८ चैत्र, जनकपुरधाम । महात्तरीको भंगहा नगरपालिका-८ धर्मपुरका ६ जना बालिका र एक किशोरी हिजो देखि सम्पर्कविहीन भएका छन्।

मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्पर्कविहीन किशोरीहरुको को रातिदेखि नै खोजी कार्य सुरु गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन।

उनिहरुको खोजिकार्य तिव्र पारिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button