गण्डकीसमाचार

जय पाथिभरा माता । आजको राशिफल वि.सं.२०७७ साल चैत्र १९ गते बिहीबार ( अप्रिल १, ढाट्ने दीन )

वि.सं.२०७७ साल चैत्र १९ गते बिहीबार । ईश्वी सन् २०२१ अप्रिल ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–चतुर्थी,२५ घडी ०७ पला,दिउसो ०३ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी ।

सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,

सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button