गण्डकीसमाचार

प्रधानमन्त्री ओली बोल्दै गर्दा सञ्चार तथा सूचनामन्त्री गुरुङ मस्त निन्द्रामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ।

रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दै गर्दा गुरुङ निदाएपछि कोमल वलीले उनलाई उठाएको भिडियोमा देख्न सकिन्छ । सँगैको स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्।

सुरुमा युट्युबमा अपलोड भएको उक्त भिडियो हाल सामाजिक संजाल टिकटक लगायत फेसबुकहरुमा पनि भाइरल बनेको छ। ट्वीटरमा संचारमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर लगायतका कमेन्ट आएका छन्। केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भएका थिए ।

उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सिजन दिन्छौं’ भन्ने शब्दले गर्दा अहिले पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आवाज सुनिन्छ।

उनले त्यसको बचाउ गर्दै उल्टै पत्रकारलाई प्रविधि प्रयोग गरेर आफ्नो भिडियो इडिट गरेको जस्तो हास्यास्पद स्पष्टिकरण दिएका थिए ।

मन्त्रि गुरुङको भाइरल भिडियो हेर्नुहोस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button