गण्डकीसमाचार

घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अमरगढी नगरपालिका–७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वडा नम्बर ७ ऐरीगाउँकी नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज दिउँसो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही गाउँकी सारदा ऐर र कमला विक रहेका छन् ।

घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button