गण्डकीसमाचार

तनहुँ र नवलपरासीका छुट्टछुट्टै दुर्घटनामा दुई घाइते

गण्डकी प्रदेशअन्तर्गत हिजो तनहुँ र नवलपरासी(पूर्व) जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई घाइते भएका छन् ।

तनहुँको ब्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित पृथ्वीराजमार्गमा दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०१९ प ३११४ नं को मोटरसाइकलले पैदलयात्री ब्यास–११ का ६५ वर्षीय पुतली विकलाई ठक्कर दिँदा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको र अवस्था मध्यम रहेको जनाइएको छ ।

त्यस्तै नवलपरासी(पूर्व) देवचुली नगरपालिका– १७ गौरीशङ्कर पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ५७ प ४६७१ नंको स्कुटी र विपरीत दिशाबाट जाँदै गरेको बा ८७ प ७८२३ नं को मोटरसाइकल ठक्कर खाँदा स्कुटर चालक कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका–९ बस्ने २७ वर्षीय गङ्गा भुसाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।

दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button