गण्डकीसमाचार

होटलमा काम लगाइदिने भन्दै ज’बर्जस्ती यौ’न व्यवसायमा लगाउने ५ जना पक्राउ

युवतीहरुलाई ज’बर्जस्ती यौ’न व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी नगरपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका–१ गाँगलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गरीब, मजदूर तथा आर्थिक अवस्था कमजोर भएका बालिका एवं युवतीलाई कपडा पसल वा अन्य ठाउँमा जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर विभिन्न होटलमा पु¥याइ ज’बरर्जस्ती यौ’न धन्दामा लगाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गोकर्णबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

ब’लात्कारको शि’कार भएकी १६ वर्षीया छोरीलाई लिएर परिसरमा चैत १८ गते आएका पीडित बालिकाका पिताले सुहाना तामाङवि’रुद्ध मानव बे’चबिखन तथा ओसारपसार र ज’बरर्जस्ती क’रणीको किटानी जाहेरी दिएपछि भक्तपुर प्रहरीले खोजी गर्ने क्रममा जबरर्जस्ती बालिका तथा किशोरीलाई ल्याएर यौ’न धन्दामा लगाउने सो पेशेवर समूहलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

जाहेरीपछि अनुसन्धानका क्रममा अभिभावकसँग छोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाइदिन्छु भन्दै फकाएर गत १२ गते बालिकालाई सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौँको गोकर्णेश्वर नपा माकलबारीमा लिएको भाडाको फ्ल्याटमा पु¥याएका थिए । फकाएर बालिका, किशोरी र युवतीलाई फ्ल्याटमा लैजाने, उनीहरुलाई पुराना लुगा फेर्न लगाउने, नयाँ र पारदर्शी लुगा लगाउन दिने, खान, बस्न, सुत्ने, मदिरा खान दिई लत लगाउने र कतै भाग्न नसक्ने गरी व्यवस्थापन गरेको पाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “फ्ल्याटमा कही दिन राखेर उनीहरुको तस्बिर लिएर सोही तस्बिर विभिन्न होटलमा पठाएर ग्राहकले रोजेको केटीलाई भट्टराई आफैले सवारी साधनमा राखेर होटलमा पु¥याउने गरेको पाइयो, आफू अन्त गएको बेलामा पु¥याउनु परे पठाओलगायतका अन्य साधनमा राखेर पठाउने गरेको पाइयो होटलमा पु¥याएपछि बालिका, किशोरीले यौ’न सम्बन्ध राख्न नमाने ब’लात्कार गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।”

प्रहरीले माकलबारीको फ्ल्याटमा खानतलासी गर्दा फ्ल्याटबाट अरु किशोरीसहित यौन सम्पर्क गर्दा प्रयोग गर्ने गरी विभिन्न गर्भ निरोधक एवं परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको छ । गत १४ गते १६ वर्षीया बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा लगेर ब’लात्कार गराएको पाइएपछि प्रहरीले होटल सञ्चालक ढुङ्गेल र थापा मगर तथा ब’लात्कार आरोपी सुनारलाई पक्राउ गरी आज सात दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले फ्ल्याट भाडामा लिएर बालिका तथा किशोरीलाई प्रलोभनमा पारेर ल्याउने र दे’हव्यापारमा लाग्न बाध्य पार्ने एउटा गिरोह पक्राउ परे पनि यस्ता गिरोह अरु पनि हुनसक्ने तर्फ प्रहरी चनाखो भएको बताउनुभयो ।

कतिपयले भने उजूरी नदिने र मानव ओसारपसार एवं बलात्कारका विरुद्ध नबोल्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उहाँले यस्ता गिरोहको खोजीलाई तीव्र बनाउने बताउनुभयो ।

यो घटनामा पनि एक बालिकाको आँट र उजूरीले गिरोह पक्राउ परे पनि यही फ्ल्याटमा रहेका अन्य युवती तथा किशोरीले भने अरु कुन कुन होटलमा लगेर ज’बरर्जस्ती यौ’न धन्दामा लगाउने गरेको थियो भन्ने जानकारी दिन नमान्दा कतिपय अ’पराधी उम्कन सक्ने तर्फ प्रहरी सचेत भएको बताउनुभयो ।

उहाँले यस्ता घट्ना छन् भने कुनै पनि डर, ध’म्की र प्रलोभनमा नपरी प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक थापाले सबैमा आह्वान गर्नुभयो ।

प्रहरीले पक्राउ परेको गिरोहलाई मनाव बेच;बिखन तथा ओसारपसार र ज’बर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button