गण्डकीसमाचार

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी दर्ता

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।

संघीय संसदको संसदीय सुनुवाई समितिको चैत्र ४ गतेको बैठकको निर्णय अनुसार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पस्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो ।

यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । समितिको आज (बिहीबार)को बैठकले उक्त उजुरीहरु खोली समिति सदस्यहरुलाई वितरण गरेको छ । यस्तै प्रस्तावित न्यायाधीशहरुबाट प्राप्त कार्ययोजनाको प्रतिलिपि समेत समिति सदस्यहरुलाई वितरण गरेको छ ।

बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरुलाई बोलाई सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।

न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरुको नियुक्ति सर्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button