गण्डकीसमाचार

तनहुँबाट पोखरातर्फ आउँदै गरेका युबक,ठुलो मात्रामा लागूऔषधसहित पक्राउ

कास्की प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

रुपन्देही कोटीहमाई -५ मजगाँवाका २१ वर्षीय विजय चौहान भनिने विज्रेस लोनिया बुधबार ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले बताउनुभयो ।

तनहुँबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा -३० पावर हाउसबाट वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरी टोलीले लोनियालाई दुई सय ९६ थान एम्पुलसहित पक्राउ गरेको केसीले जानकारी दिनुभयो ।

लोनियाको साथबाट डाइजापान एक सय एम्पुल, फेनेरागन ९७ एम्पुल, नुर्फिन ९९ एम्पुल र एक थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

लोनियालाई लागूऔषध मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button