गण्डकीसमाचार

बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने

टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ ।

नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको बताए । “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उनले भने ।

उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ । तारकेश्वर नगरपालिकाको उत्तरी क्षेत्रका जनतालाई खानेपानी पु¥याउन लागिएको नगरप्रमुख अधिकारीले बताए । टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ ।

टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ ।

गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button