गण्डकीसमाचार

बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिनाकी नाबालिकाको मृत्यु

सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल(टुबवेल)निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button