गण्डकीसमाचार

आवश्यकता हेरेर पेट्रोल पम्पसञ्चालनको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो ।

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उहाँले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताउनुभयो । “निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उहाँले भन्नुभयो ।

पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ््घको निर्वाचन एक वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ ।

देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button