गण्डकीसमाचार

कास्कीमा आफ्नै ४२ दिनको शिशु मारेको अभियोगमा २२ वर्षीया गिता कुँवर पक्राउ

कास्कीमा शिशु मारेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बाग्लुङ ढोरपाटन- ३ घोसाखानी घर भई कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

घटना शुक्रबार बिहान ११:३० बजे घटेको कास्की प्रहरीले जनाएको छ । सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button