गण्डकीसमाचार

आज २४ घण्टामा १७९ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् ।

यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना सङ्क्रमित भएका छन् ।

यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ । सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।

सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपलिवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ । परीक्षणअनुसार पोजेटिभमध्ये सङ्क्रमण दर चार प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने हालसम्म कूल १७ लाख ९१ हजार ६०६ जनाले कोरोनाको खोप लगाएका छन् ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button