गण्डकीसमाचार

क्यान्सरपीडितको उपचारका लागि दुई लाखभन्दा बढी रकम सहयोग

दमौली, २१ चैत: व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाखभन्दा बढी रकम सहयोग गरेको छ ।

समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार १५५ पीडितको उपचारका लागि सहयोग गरेको हो ।

उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गरेका छन् । क्यान्सरपीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार १००, गोरखकाली बोर्डिङ स्कूलले रु २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९०० सहयोग गरेको युवा अभियानकर्मी सुमन श्रेष्ठले जानकारी दिए ।

रु दुई लाखको फोटो बिक्री

क्यान्सरबाट पीडित भई भारतमा उपचाररत दरैको उपचारमा सहयोग जुटाउन दमौलीमा फोटो प्रदर्शनी गरी बिक्री गरिएको छ । प्रदर्शनीमा स्वयं उहाँले नै खिचेका तस्वीर राखिएको थियो । प्रदर्शनीबाट १०७ तस्वीर बिक्री भएको उहाँका साथी सनम अधिकारीले जानकारी दिए । प्रदर्शनीमा देशका विभिन्न भागमा खिचिएका तस्वीर राखिएको थियो । एउटा तस्वीरको मूल्य रु दुई हजार राखिएको थियो । सोही तस्वीर आगामी वैशाख १ गते बन्दीपुरमा प्रदर्शन गरिने भएको छ ।

दरै क्यान्सरसँग जुध्दै जीवन र मरणको दोसाँधमा छन् । आन्द्रामा क्यान्सर भएर विगत केही वर्षदेखि भारतमा उपचाररत दरै एक कुशल फोटोग्राफर छन् । फोटोग्राफीमा निकै रुचि राख्ने उनी देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्दथ्ये ।रासस

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button