गण्डकीसमाचार

पोखरामा लागूऔषध गाँजासहित दुई युवक पक्राउ

कास्की प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले एक के.जी. तीन सय ६० ग्राम गाँजासहित शनिबार पोखरा ३० गगनगौडाबाट दुई युवकलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा चितवन कालिका -३ घर भई पोखरा -७ बस्ने वर्ष २० वर्षीय नवीन गुरुङ र पोखरा १७ घारिपाटन बस्ने २० वर्षीय सुवास बि.क. रहेका छन् ।

उनीहरुलाई लागूऔषध मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button