गण्डकीसमाचार

चोरीका सात वटा मोटरसाइकल बरामद

कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् ।

नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button