गण्डकीसमाचार

इजरायलमा नयाँ सरकार बनाउन नेतान्याहुलाई राष्ट्रपतिको आह्वान

इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गर्नुभएको छ ।

निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि उहाँले मङ्गलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान गर्नुभएको हो ।देशको सबैभन्दा लामो समय नेतृत्व गरेको नेताका रुपमा उहाँलाई अगाडि सारिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

संसद्मा कूल सांसद सङ्ख्या १२० रहेकाले बहुमतको सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिने अवस्था रहेको छ ।अहिलेसम्म सार्वजनिक भएको र स्वीकारिएको नतिजानुसार नेतान्यहुको पक्षमा ५२ सांसद रहेको बताइएको छ । बाँकी अपुग सांसद उहाँले व्यवस्थापन गर्न सकेमा उहाँकै नेतृत्वमा सरकार बन्नसक्ने देखिएको छ ।

अहिले नै बहुमत नभएको भए पनि अरुले भन्दा धेरै सांसदहरुको सर्मथन उहाँलाई रहेको देखिएकाले उहाँले नै सरकार बनाउने सम्भावना धेरै देखिएको बताइएको छ ।राष्ट्रपति रिभ्लिनले भन्नु भएको छ,

“आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सरकार गठन गर्न आह्वान नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनसक्छ, तर कानुनमा आरोपीलाई प्रधानमन्त्री बन्न अवरोध गरिएको छैन भने उहाँलाई जतिको सजिलो अरुलाई नहुने देखेर उहाँलाई रोजेको हुँ ।”

नेतान्याहुलाई भ्रष्टाचार गरेको आरोपमा अहिले तीन वटा मुद्दा लगाइएको छ । उहाँ सन् २००९ देखि राज्यको शक्तिकेन्द्रमा हुनुहुन्छ ।इजरायलमा गत २३ मार्चमा निर्वाचन भएको हो भने पछिल्लो दूई वर्षमा यो चौथो निर्वाचन हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button