गण्डकीसमाचार

कोरोना संक्रमित बढ्दै, आज थप २९८ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

काठमाडौं,२५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १०० नमुनाको पीसीआर परिक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । भने पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी,७४ जनाले कोरोना जितेका छन् । अहिलेसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने ३ हजार ३८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button