विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान एक एक गोल गरे ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।