गण्डकीसमाचार

अपहरण गरेको आरोपमा १३ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले अ’पहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

अ’पहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति¬–७ का बलिराम साहलाई २०६४ सालमा अ’पहरण गरेको र अपहरणबाट भागेर आएपछि निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अ’पहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो ।

अ’पहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button