अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाउनुभएकाे थियाे ।त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को जित दिलाउनु भयाे ।खेलको म्यान अफ दि म्याच मौसा चुनिनुभएकाे छ ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपवजिेताले टमिले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।