राशिफल

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि, थप १ जनाको मृत्यु

काठमाडौँ,२८ चैत्र । पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,पछिल्लो २४ घन्टामा १ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार १ सय ५१ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । त्यसैगरी,मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button