गण्डकीसमाचार

स्याङ्जामा मेनलाइनबाट माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मेन लाइनबाट करेन्ट लगाई माछा मार्ने क्रममा स्याङ्जामा एक युवाको मृत्यु भएको छ ।

शनिबार दिउसो स्याङ्जा भिरकोट नगरपालिका ७ हेलु स्थित आधिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भिरकोट ७ लामाचौरका ३४ वर्षीय विवेक खाँणको मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका खाँणको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button