गण्डकीसमाचार

पोखराको चरक मेमोरियल हस्पिटलमा दुई कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत दुई पुरुषको उपचारकै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशक डा. शर्माका अनुसार चैत २३ गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार तथा चैत २० गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार मृत्यु भएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button