चैत्र ३१, स्याङ्जामा पासो लगाएर आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । पुन भिरकोट नगरपालिका स्याङ्गजामा एक महिलाले आत्महत्या गरेकी छन् ।
प्रहरीका अनुसार भिरकोट नगरपालिका वडा नं २ डाँडाकोट बस्ने २४ वर्षीय कमला गिरी खड्काको आइतबार आफ्नै घरमा झुण्डिएर मृत अवस्थामा भेटिएको छ ।
उनलाई घरको दलिनमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटेको हो ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।