गण्डकीसमाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङ विरूद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री गुरुङ संघीयता कार्यान्वयनमा चुकेको, आर्थिक अनियमितता बढेको, कोरोना कहरमा सर्वसाधारणको ज्यान जाँदा समेत उपचारको बन्दोबस्त गर्न नसकेको, बेरोजगारी बढेको लगायतका कारण सरकार फेर्नुपरेको उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button