गण्डकी खबर । पोखरा महानगरपालिका – ०६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका -९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
घटनास्थलबाट उप्रेतीको शव शनिबार बिहान ६:४० बजे नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।