गण्डकी खबर । पोखरामा कोरोना संक्रमित एक जना पुरुषको निधन भएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका – १६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
चैत्र ३१ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको निर्देशनालय निर्देशक डा विनोद विन्दु शर्माले जनाउनुभयो ।
यस सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।