गण्डकीसमाचार

पोखरामा पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु

गण्डकी खबर । पछिल्लो २४ घण्टामा पोखरामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पोखरा २९ की ५४ वर्षीया एक महिला र पोखरा ३३ का ८४ वर्षीय एक पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

महिलाको चरक मेमोरियल अस्पताल पोखरा र पुरुषको कोरोना संक्रामक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button