गण्डकीसमाचार

गण्डकी प्रदेशमा ८६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशका जिल्लाहरुमा आज ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै ६४जनालाई संक्रमण देखिएको छ ।

त्यसैगरी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा ६ जना, गोखरामा ५ जना, स्याङ्जामा ४ जना,  बाग्लुङमा ३ जना, म्याग्दीमा २ जना र पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button