गण्डकी खबर । मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्यान गएको छ ।
शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २५ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो ।
डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५० मिटर तल कालिगण्डकी खोंचमा खसेका पौडेललाई घाँसा स्वास्थ्य चौकीको टोलीले मृत घोषणा गरेको हो ।
पौडेलको शवको पोष्टमार्टम गरी शनिबार आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।