गण्डकीसमाचार

कास्कीमा ११४ जनासहित गण्डकी प्रदेशमा १६३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । कास्की जिल्लाको पोखरासहित गण्डकी प्रदेशका बाग्लुङ, तनहुँ, म्याग्दी जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज आइतबारको पछिल्लो २४ घण्टाको कोरोना संक्रमितहरुको विवरण सार्वजनिक गर्दा संक्रमण बढ्दै गएको देखिएको हो ।

दिउसाे सवा २ बजे जारी निर्देशनालयकाे बुलेटिन अनुसार कास्कीमा ११४ जना, बाग्लुङमा २२ जना, तनहुँमा १० जना र म्याग्दीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नवलपुरमा ७ जना, स्याङ्जामा ३ जना र पर्वतमा १ जना गरी गण्डकी प्रदेशमा १६३ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १७ हजार ७३७ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ । अरु थप विवरण पनि निर्देशनालयले जारी गर्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button