गण्डकीसमाचार

पोखरामा लाखौं रकमकाे चेक र नगदसहित १८ जुवाडे पक्राउ

गण्डकी खबर । पोखरामा प्रहरीले १८ जना जुवा खेल्ने र खेलाउनेहरु लाखाै नगदसहित पक्राउ गरेकाे छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले दिएको जानकारी अनुसार पाेखरासहित प्रदेशका विभिन्न ठाँउबाट जुवा खेल्ने र खेलाउने ३३ जना ठूलो रकमसहित पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले १८ जनालाई ठूलो रकमसहित शनिबार पक्राउ गर्न सफल भएको हो । कास्की जिल्लाकाे पोखरा महानगरपालिका वडा न १२ चापापानीमा रहेको थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले विशेष सूचनाको आधारमाा मार्फा थकाली समाज घरबाट नगद ६ लाख २४ हजार ९८६ रुपैयाँसहित ८ बुक तास, ६४ थान कौडा र ४ लाख ५० हजार रुपैयाको २ थान चेक पनि बरामद गरेको जनाएको छ । त्यसैगरी पाउण्ड स्ट्रलिङ २० डलर, अमेरिकन ७ डलर र भारतीय रुपैया ४ हजार ७०० रुपैयाँ पनि बरामद भएकाे छ ।

त्यसैगरी नवलपुरमा प्रहरील टोलीले शुक्रबार कावासोती नगरपालिका वडा नं १६ डण्डास्थित एकघरबाट पनि ११ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगद २६ हजार ६२५ रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button