गण्डकीसमाचार

गण्डकी प्रदेश सभामा मुख्यमन्‍त्री गुरुङ विरुद्दको अविश्‍वास प्रस्ताव पेस हुने

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव आज गण्डकी प्रदेश सभामा पेस हुने भएको छ।

आजबाट शुरू हुन् लागेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले अधिवेशनको शुरुमा दलका नेताहरुले बोल्ने कार्यसूची तय गरेको छ । कार्यसूचीअनुसार आज प्रदेशका प्रस्तावित मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता, कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नुहुनेछ । त्यसपछि आज र भोलि अन्य प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् ।

२८ जनाको हस्ताक्षर रहेको अविश्वास प्रस्तावमा काँग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एमाले समर्थित एकजना स्वतन्त्र सांसद रहेका छन् ।

विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि दलका नेताहरुले राय प्रस्तुत गरेपछि प्रदेशसभामा मुख्यमन्त्री गुरुङले जवाफ दिने र त्यसपछि मतदानमा जाने कार्यव्यवस्था परामर्शको बैठकमा सहमति भएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button