गण्डकीसमाचार

आज पोखरामा ४ जना कोरोना संक्रमितहरुको मृत्यु

गण्डकी खबर । आज पोखरामा ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेका छन् ।

आज मृत्यु भएका सबै संक्रमितहरुको पाेखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो ।

पोखरा –२५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको छ ।

त्यस्तैगरी पोखरा– १ की ५५ वर्षीय महिलाको आज दिउसो १ बजे निधन भएको छ । उहाँको पनि मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button