गण्डकी खबर । गण्डकी प्रदेशमा आज पाेखरामा ६९ जनासहित १०१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी, पवर्त र नवलपूर पूर्वमा संक्रमण देखिएको हो ।
आज थप भएका संक्रमितहरुसहित प्रदेशमा १७ हजार ८३८ जनालाई संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ६९ जना, तनहुँमा ५ जना, लमजुङमा २ जना, स्याङ्जामा ३ जना, म्याग्दीमा ५ जना, पर्वतमा ५ जना र नवलपुर पूर्वमा १२ जनामा संक्रमण पुष्टि भएको प्रदेशका निर्देशनालय डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।
सबै संक्रमितहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहको डा शर्माको भनाइ छ ।