गण्डकी खबर । गण्डकी प्रदेशमा आज ११३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनलायले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्की जिल्लाको पोखरा महानगरपालिकामा संक्रमण धेरै देखिएको छ ।
पोखरामा पछिल्लो २४ घण्टामा ९७ जनामा संक्रमण देखिएको हो ।त्यसैगरी गण्डकी प्रदेशका अरु जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा ३ जना, लमजुङमा १ जना, स्याङ्जामा २ जना, बाग्लुङमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।