१५ वैशाख पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे छलफलको तयारी भइरहेको बेला संक्रमणको सांसदहरुलाई कोरोना लागेको जानकारी आएको हो ।