गण्डकीसमाचार

सांसद शाहीलाई कोरोना पोजेटिभको रिपोर्टको आधारमा कोभिड वार्डमा भर्ना गर्‍यौ: चरक मेमोरियल

गण्डकी खबर । गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा सम्पर्कविहीन भएका भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही चरक मेमोरियल अस्पतालको आइसियुमा भेटिएको खबर आयो।

जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबार प्रदेशसभामा पत्र दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको केहीबेरमै सांसद शाहीका स्वकीय सचिव मीलन हमालले शाही अचानक बिरामी भएपछि अस्पताल भर्ना भएको जानकारी दिनुभयो ।

तर चरक मेमोरियल अस्पतालले भने सांसद शाहीलाई कोरोना पोजेटिभको रिपोर्टको आधारमा कोभिड वार्डमा भर्ना गरिएको जनाएको छ । हिजो मंगलबार मात्र प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेस्टमा रिपोर्ट नेगेटिभ आएका शाही कोरोना पोजेटिभको रिपोर्ट नै देखाएर अस्पताल भर्ना भएको अस्पताल स्रोतले दावी गरेको छ ।

अस्पतालले आफ्नोमा कोरोना परीक्षण नहुने भन्दै कोभिडका बिरामीले अन्यत्र गरेको परीक्षणको नतिजाका आधारमा अस्पतालमा भर्ना लिने गरेको जनाएको छ ।

सांसद शाहीको पोखराकै अर्को एक प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्ट भर्खर सार्वजनिक भएको छ । पोखरा न्युज बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button