गण्डकीसमाचार

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार : खेलकुद मन्त्री मनाङे

गण्डकी खबर । सरकारविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएर संसदमा पेन्डिङ रहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मन्त्रिमण्डल विस्तार संगै नेकपा एमाले निकट मानिएका स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।

नव नियुक्त हुनुभएका स्वतन्त्र सांसद दीपक मनाङेले प्रदेश नीति तथा योजना आयोगको सभाहलमा सवा ५ बजे मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनसामु सपथग्रहण गर्नुभएको हो ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली नै रहेको भएपनि सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

आजको सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित थिएनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button